रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले कार्यालय स्थापना गरिएको जानकारी दिए । बस्नेतले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको […]
देउवा पक्षको दाबी- ‘गगन पक्षले काँग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र’
काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको नेपाली काँग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा अर्थ्याएका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको काँग्रेस आधिकारिकता लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताएका […]
घोराही–तुलसीपुर चारलेन सडकको अनुगमन गर्न पुगे शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माणको अवस्थाबारे जानकारी लिएका छन् । यस क्षेत्रको बहुप्रतिष्ठित योजनाका रूपमा रहेको चारलेन सडक निर्माणस्थलमै पुगेर महासचिव पोखरेलले सडक निर्माणको प्रगतिका विषयमा जानकारी लिएका हुन् । डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले महासचिव पोखरेलले सडक निर्माणमा केही समस्या भए सहजीकरण गर्न तयार रहेको बताएको र निर्धारित […]
जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाललाई शीर्ष उपाधि
जर्जियाको तिब्लिसीमा सम्पन्न आठौँ संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन् । ‘डीसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहको प्रतियोगितामा विश्वभरका ४० बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष ताज पहिरिएकी हुन् । समृद्धि काठमाडौँको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ मा […]
कांग्रेस विवादमा निर्वाचन आयोगले कसरी निर्णय गर्छ ?
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गराउन आयोगमा निवेदन पुगेसँगै पार्टीको आधिकारिकतासम्बन्धी विवाद चर्किएको छ। बुधबार राति सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको दाबी गरिएको छ। तर, यसबीच संस्थापन पक्षले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्री पदबाट तथा फरमुल्लाह मन्सुरलाई सहमहामन्त्री पदबाट पाँच वर्षका लागि निष्कासन […]
इरानमा सैन्य आक्रमणको योजना स्थगित गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजराइलको अनुरोध
। इजराइल र अरब राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य आक्रमणको योजना स्थगित गर्न अनुरोध गरेका छन्। इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पसँग भएको टेलिफोन वार्तामा इरानमा हमला गर्ने निर्णय नगर्न अनुरोध गरेको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको हो। त्यस्तो कदमले मध्यपूर्वमा क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री नेतन्याहुले सैन्य हमलाको योजना […]
कास्की–२ बाट युवा नेता मिलन जंग कुवर सिफारिस

कास्की–२ बाट युवा नेता मिलन जंग कुवर सिफारिस कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट युवा उम्मेदवार मिलन जंग कुँवर प्रतिनिधि सभाका लागि सिफारिस भएका छन्। युवामाझ लोकप्रिय र जनसेवामा सक्रिय कुँवरले यसअघि युवा संघ नेपाल, कास्कीको अध्यक्ष भएर संगठन निर्माण र युवालाई एकताबद्ध गर्ने भूमिकामा उल्लेखनीय काम गरेका छन्। […]
इरानसँग अमेरिकी तनाव कम हुने सङ्केतबिच घट्यो तेलको मूल्य
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीबारे बजारमा छाएको त्रास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मत्थर गरेपछि नोभेम्बरयताकै उच्च स्तरबाट बिहीबार तेलको मूल्य घटेकाे हो । हालैका दिनमा भएको वृद्धिबाट नाफा कमाउन व्यापारीहरूले आफूसँग भएको सुन बेच्न थालेपछि सुन बजार पनि दबाबमा आएको छ । प्राविधिक क्षेत्रको शेयरमा सेल–अफ जारी रहँदा बिहीबार एसिया क्षेत्रका […]
निर्वाचन प्रहरीमा आज दरखास्त दिने अन्तिम दिन, कतिले दिए आवेदन ?
काठमाडौँ- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीले दरखास्त दिएका छन् । २५ पुसबाट निर्वाचन प्रहरी भर्नाको आवेदन खुलाइएकामा बुधबारसम्म १ लाख ६० हजार २ सय ३९ जनाको आवेदन परेको हो । आवेदन दिने म्याद बिहीबार (आज अन्तिम हो । २१ फागुनका लागि तय भएको प्रतिनिधि […]
काँग्रेस केन्द्रीय कार्यालय दुई दिनदेखि देउवापक्षीय युवाको सुरक्षामा
काठमाडौँ- पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएसँगै ललितपुरको सानेपास्थित काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा देउवापक्षीय युवाहरू सुरक्षा दिएर बसेका छन् । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको भन्दै दाबी गरिरहेका बेला पार्टी केन्द्रीय कार्यालय आउन सक्ने भन्दै देउवापक्षीय युवा बिहीबारदेखि नै कार्यालय परिसरमा बसेका हुन् । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश लामा र […]