रुकुमपूर्वमा प्रचण्डको सुरुवाती अग्रता
नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी रहेको रुकुमपूर्वको मतगणना सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार बिहान ६ बजेबाट मतगणना सुरु भएको हो। धेरै टाढा रहेका ३ स्थानबाट हिजै हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको थियो। मतगणना स्थलमा तारजाली लगाएर सुरक्षा अपनाइएको प्रमुख जिल्ला अधिकारीले बताइन्। प्रारम्भिक मतगणनामा प्रचण्डको अग्रता देखिएको छ। […]
चितवन–१ मा मतगणना सुरु
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ को मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न मतदान पछि भवानी शंकर क्याम्पस खैरहनीमा मतगण स्थल कायम गरिएको थियो । बिहीबार राति अबेरसम्म मतपेटीका सङ्कलन गरे पश्चात बिहानका लागि सर्वदलीय बैठक आह्वान गरिएको थियो । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।
उदयपुर-१ मा मतगणना जारी
। उदयपुर-१ को त्रियुगा मावि गाईघाटमा मतगणना जारी रहेकाे छ। मुख्य निर्वाचन अधिकृत मुकेस उपाध्ययले मतपेटिका ढुवानी लगायतका काम बिहीबार राति १२ बजेसम्म सकिएको बताउनुभएकाे हाे । सर्वदलीय बैठक बसेर ३ बजेबाट मत गणना शुरू गरिएको बताउनुभयाे। उदयपुर-१ मा एकलाख ४२ हजार ८ सय ४ कुल मतदाता मध्ये ८० हजार ५९ मत खसेको छ […]
चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै, एमाले पछिपछि
भरतपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता लिनुभएकाे छ। हालसम्मको मतपरिणाम अनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गर्नुभएकाे हाे । उहाँलाई नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले पछ्याइरहनुभएकाे छ। घिमिरेले १ हजार ६९ मत प्राप्त गर्नुभएकाे हाे । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का […]
२०४८ देखि ०८२ को निर्वाचनसम्म कति प्रतिशत खस्यो मत ?

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा अघिल्ला निर्वाचनको तुलनामा थोरै मत खसेको हो । भदौमा भएको जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि ताजा जनादेशका लागि यो निर्वाचन भएको थियो । आयोगका अनुसार केही ठाउँमा सामान्य छिटफुट घटना बाहेक देशभर […]
चुनावका वास्तविक आयोजक- नेपाली जनता
टोखा नगरपालिका-३ कि गीता पाठकले मतपत्र हातमा लिएपछि एकाएक सम्झिइन्– गत २३ भदौमा भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा प्रदर्शन गर्न गएका विद्यार्थीहरूमाथि राज्यले गरेको दमन । उनको दिमागमा एकाएक घुम्यो २४ भदौमा भएको तोडफोड र आगजनीको घटना । यो निर्वाचन नियमित हुन्थ्यो भने पाँच-पाँच वर्षमा आउँथ्यो । नेताहरूले गरेका बाचा पूरा भए/नभएकोबारे रुजु हुन्थ्यो, नयाँ सपनाहरू […]
महाविर पुनले मत मागे, आफैँले खसालेनन् मत
पूर्व शिक्षामन्त्री तथा म्याग्दीका प्रतिनिधि सभा सदस्य उम्मेदवार महाविर पुनले मत दिएनन् । एक महिनासम्म म्याग्दिका मतदातासँग मत मागेका उनले आफैले चाहिँ मत नदिएका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक समेत रहेका उनले केही समयअघि मात्रै मतदाता नामावलीमा नाम लेखाएका थिए । उनले हालसम्म मतदान नै गरेका छैनन्। मतदाता नामावली चितवनमा भएका कारण […]
कांग्रेस दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
नेपाली कांग्रेसले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका मतदाता, शुभेच्छुक, राजनीतिक दल, कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद दिएको छ । सभापति गगन थापाले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न गर्नमा सबैको भूमिका महत्वपूर्ण रहेको भन्दै आभार व्यक्त गरेका हुन् । विज्ञप्तिमा सभापति थापाले लेखेका छन्, ‘प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय […]
मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ । मतगणना सुरु हुनुअघि जिल्ला तथा निर्वाचन क्षेत्रस्थित सर्वदलीय बैठक बस्ने छ । आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु […]
कास्कीमा करिब ६२ प्रतिशत मत खस्यो
मतदान सकिएसँगै कास्कीमा मतगणनाको तयारी सुरु भइसकेको छ । निर्वाचन कार्यालयले मतदान सकिएसँगै मतगणनाको पनि तयारी थालेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्कीका ३ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट साढे २ घण्टाभित्रै मतपेटिका आजै राति ११ बजेबाट मतगणना सुरु गर्ने गरी तयारी गरिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । उनका अनुसार कास्कीका तीनवटै […]