नेकपाका उम्मेदवार किरण साहद्वारा पार्टी परित्याग
सञ्जय कार्की, रौतहट । नेपाली कम्युनिस्ट पार्टीबाट रौतहट क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका किरण साहले पार्टी परित्याग गरेका छन्। साहले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गर्दै मुस्लिम बाहुल्यता रहेको उक्त निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्रमा खटिएका आफ्ना पोलिङ एजेन्टहरूलाई समेत बाहिरिन निर्देशन दिएका छन्। फेसबुकमार्फत सार्वजनिक सन्देशमा उनले […]
कर्णालीमा ४१ प्रतिशत मत खस्याे
कर्णाली प्रदेशका १० जिल्लामा जारी मतदानमा ४१ प्रतिशत मत खसेको छ । कर्णाली प्रदेशमा १० लाख ३७ हजार २५० मतदाता रहेका छन् । अहिलेसम्म चार लाख २४ हजार ७५५ मत खसेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । सबैभन्दा धेरै मुगुमा ५५ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम मत कालीकोटमा ३० प्रतिशत मत खसेको […]
झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी
काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ । प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा विशेष अनुगमन र निगरानी बढाइएको छ । उक्त क्षेत्रमा १६३३७९ मतदाता रहेका छन् ।
१० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना
काठमाडौं । काठमाडौं १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् । १० दिनअघि मात्रै सुत्केरी भएकी उनी शिशु च्यापेरै मतदान स्थल पुगेकी थिइन् । रञ्जुले काठमाडौं १ को वडा नम्बर १० स्थित रत्नराज्य स्कुल मतदान केन्द्रमा मतदान गरेकी हुन् । रञ्जुलाई गत फागुन १२ गते पुत्रलाभ भएको थियो ।
धादिङमा २ बजेसम्म ३२ प्रतिशत मत खस्यो
नबराज छत्कुली, धादिङ । जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा अपरान्ह २ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति क्रमशः बढ्दै गएको छ। बिहानको समयमा तुलनात्मक रूपमा कम देखिएको मतदानदर दिउँसोतिर बढ्दै गएको बताइएको छ। जिल्लामा रहेका कुल मतदाता सङ्ख्या […]
स्याङ्जामा दिउँसो २ बजेसम्म ३७ प्रतिशत मत खस्याे
सागर न्यौपाने, स्याङ्जा। स्याङ्जामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्ममा ८९ हजार ६४४ मत खसेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार उक्त संख्या जिल्लाको कुल मतदाताको करिव ३७ प्रतिशत हो। जिल्लामा बिहानदेखि नै अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार […]
सुर्खेत कारागारमा ८८ मत खस्यो

सुर्खेत कारागारमा मतदान सकिएको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार सुर्खेत कारागारमा ८८ मत खसेको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । सुर्खेत कारागारमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ। १०३ जना मतदाता रहेको भनिए पनि केही कैदी स्थान्तरण भएकाले ८८ मत मात्रै खसेको गुरुङले बताए ।
पूर्णबहादुर खड्काले गरे मतदान

नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । ढिलो गरी मतदान गरेका खड्काले सुर्खेत–१ मेहेलकुनाको सुर्यजोति माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । ०४८ सालदेखि चुनाव लड्दै आएका खड्काले कांग्रेस विशेष महाधिवेशन पश्चात् उनले चुनावी प्रतिस्पर्धाबाट विश्राम लिएका छन् । यो पटक उनी उम्मेदवार छैनन् । उक्त क्षेत्रमा उनका भाइ […]
अनुमति नलिई चढेपछि बालेनको हेलिकप्टर फर्काइएको खुलासा

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा भएको छ । शाह काठमाडौँमा मतदान गरेर हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए । उनी चढेर गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो । त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि […]
सिरहामा अहिलेसम्म ३० प्रतिशत मतदान

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिरहामा अहिलेसम्म ३० प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा चार वटै निर्वाचन क्षेत्रमा गरी ३० प्रतिशत हाराहारी मतदान सम्पन्न भएको जिल्ला निर्वाचन आयोग सिरहाका प्रमुख राजन श्रीवास्तवले रातोपाटीलाई जानकारी दिए । अहिले सम्म ३० प्रतिशत हाराहारी मतदान हुनु सकारात्मक रहेको श्रीवास्तवको भनाइ छ । उनले […]