ठिहिर्‍याउने जाडोमा डढेलोको अलार्म

 बुधबार बिहान जुम्ला, जोमसोम, जिरी लगायतको तापक्रम माइनसमा झर्‍यो। काठमाडौं उपत्यकाकै तापक्रम २.३ डिग्री सेल्सियस मापन भयो। यस्तो ठिहिर्‍याउने जाडोका बावजुद देशका विभिन्न भागमा डढेलो र आगलागीका घटना भइरहेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम–खासाको वनमा लागेको भीषण डढेलो नियन्त्रणमा नआएपछि पुस २८ देखि तातोपानी नाका बन्द गरिएको छ। चिनियाहरूसँगको समन्वयपछि नाका आंशिक रूपमा बन्द […]

उज्यालो नेपाल पार्टीले १६५ क्षेत्रमै उम्मेदवार दिने

 उज्यालो नेपाल पार्टी (उनेपा) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूका लागि अनलाइनमार्फत आवेदन खुला गरिसकेको छ । तर आवेदन खुला गरे पनि केही महत्त्वपूर्ण क्षेत्रहरूमा अझै योग्य उम्मेदवारको खोजी गरिरहेको उज्यालो पार्टीले जनाएको छ । पार्टीले सबै […]

सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोगमा

  काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितका पदाधिकारी बिहीबार निर्वाचन आयोग पुगेका छन्। केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टी विवरण अद्यावधिक गराउन आयोग पुगेका उनीहरूले विशेष महाधिवेशनका निर्णय र सम्बन्धित कागजात बुझाउने छन्। बुधबार राति भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो।

गगन थापा नेतृत्वको कांग्रेसमा कर्णालीले पायो एक सहमहामन्त्री र ८ केन्द्रीय सदस्य

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा कर्णालीले एक पदाधिकारी र ८ जना केन्द्रीय सदस्य पाएको छ । हाल शेरबहादुर देउवा समूहमा रहेका कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काकै गृह प्रदेश कर्णालीबाट ३१२ मध्ये १३४ जनाभन्दा धेरै महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनतर्फ खुलेका थिए । विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वको कार्य समिति बन्दा कर्णालीमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णबहादुर […]

पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार […]

झापा–५ मा बालेनको चुनावी तयारी, सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का लागि झापामा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेन झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिने तयारीमा छन् । झापा–५ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यसअघि निरन्तर […]

कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त, थापाको अध्यक्ष्यतामा चलिरहेको छ केन्द्रीय समिति

काठमाडौं– गगन थापालाई सभापतिसहित निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले प्रवक्तामा नेता देवराज चालिसेलाई नियुक्त गरेको छ। थापाको अध्यक्षतामा ललितपुरको कुपण्डोलमा जारी बैठकले चालिसेलाई प्रवक्ताको जिम्मेवारी अनुमोदन गरेको हो। विशेष महाधिवेशनको पहलका निम्ति चालिसे पनि सक्रिय रहेका थिए। विशेष महाधिवेशनबाट नयाँ टीम निर्वाचित भएको थियो।

थाइल्यान्डमा फेरि अर्को क्रेन दुर्घटना, २ जनाको मृत्यु

गुडिरहेको रेलमाथि क्रेन खसेर ३२ जनाको ज्यान गएको भोलिपल्ट थाइल्यान्डमा फेरि अर्को क्रेन दुर्घटनामा परेको छ । थाइल्यान्डको राजधानी बैंकक नजिकै रहेको सामुत साखोन क्षेत्रमा निर्माणाधीन एक्सप्रेस वे मा प्रयोग गरिएको क्रेन राजमार्गमा खस्दा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा केही सवारी साधन च्यापिएर क्षतिग्रस्त भएका छन् । घटनास्थल धुलो र भग्नावशेषले ढाकिएको भिडियो […]

चालु आर्थिक वर्षकाे ६ महिनामा ५ खर्ब ८१ अर्ब बढी राजश्व संकलन

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले कूल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयले साेही रकम गत पुससम्मको लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत भएकाे जनाएकाे हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । सोही […]

निर्वाचनमा कांग्रेससँग सहकार्य र प्रतिस्पर्धाबारे निचोडमा पुगेका छैनौँ : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश अगामी चुनावमा नेपाली कांग्रेससँग प्रतिस्पर्धा वा सहकार्यका लागि उच्च तहको समझदारी गर्ने बताएका छन् । बिहीबार नेकपा एमाले वागमती प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव बस्नेतले के गर्ने भन्ने निचोडमा पुगि नसकेको भन्दै चाँडै टुङ्गोमा पुग्ने बताए । उनले राष्ट्रियसभाको निर्वाचनका लागि कांग्रेस एमाले मिलेर उम्मेदवारी दिएको र त्यो आवश्यकताको  […]