२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोकका दुई क्षेत्रमा ४२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १८ र क्षेत्र नम्बर २ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नम्बर १ मा १५ वटा दल र तीन जना स्वतन्त्र तथा क्षेत्र नम्बर २ मा १६ वटा दल र ८ जनाको स्वतन्त्र उम्मदेवारी दर्ता भएको छ ।
क्षेत्र नं. २ मा मुख्य दल नेपाली कांग्रेसका मधुप्रसाद आचार्य, एमालेका अशोककुमार ब्यञ्जु श्रेष्ठ, नेकपाका बसुन्धरा हुमागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी, उज्यालो नेपाल पार्टीका ज्योत्सना सैंजूले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी उम्मेदवारी दर्ता गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रञ्जीव श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनका उमेश तामाङ, नेकपा माओवादीका कान्छाराम घिसिङ, श्रम संस्कृति पार्टीका टंकबहादुर लामा, नेपाल मजदुर किसान पार्टीका मुना तामाङ, जनता समाजवादी पार्टीका रकम लामा तामाङले छन् ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका रमेशबहादुर घर्ती क्षेत्री, नेकपा संयुक्तका राजन थापा, नेशनल रिपब्लिक नेपालका सुकमान तामाङ, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापा र मितेरी पार्टी नेपालका हरिबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं. २ मा आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, विष्णुकुमार श्रेष्ठ, सिताराम मैनाली गरी ८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै जेनजीका माग पूरा नभई निर्वाचन नगर्न माग गर्दै आएका बनेपा-१२ का लेनिन बिष्टले काभ्रे-२ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी जेनजी अभियन्ता मिराज ढुंगाना, विकेश शाह, सौरभ बिष्ट, कृष्ण थापा र प्रभात शाह सहित उम्मेदवारी दर्ताका लागि धुलिखेल आएका थिए ।
काभ्रे क्षेत्र नं. १ मा मुख्य दलहरू नेपाली कांग्रेसका गुणराज मोक्तान, नेकपा एमालेका अमित लामा, नेपाली कम्युनिस्ट पार्टीका दिननाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईं, उज्यालो नेपाल पार्टीका योगेन्द्र लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले उम्मेदवार दर्ता गरेका छन ।
यसैगरी नेमकिपाबाट राजु तामाङ, नेशनल रिपब्लिक नेपालबाट भरत तामाङ, मंगोलनेसनल अर्गनाइजेसनबाट कमलबहादुर लामा, जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेकपा माओवादी विप्लव समूहबाट कान्छा तामाङको पनि उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी प्रगतिशील लोकतान्तित्रक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर-१ बाट समावेशी समाजवादी पार्टीबाट पारलिंगी महिला विनोद लामाले मनोनयन दर्ता गरेकी छन् । यो क्षेत्रमा १८ जना उम्मेदवार मध्ये राजेशकुमार श्रेष्ठ, युवराज चौलगाईं र जीवन लामाको स्वतन्त्र उम्मेदवारी परेको छ ।