-1700641611.jpg)
काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देहीमा उम्मेदवारीको चाप सबैभन्दा बढी देखिएको छ । निर्वाचन आयोगका तथ्यांकअनुसार रुपन्देही–२ मा ३५ जना र रुपन्देही–३ मा ३७ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।
पर्वतीय जिल्लातर्फ हेर्दा मुस्ताङमा सबैभन्दा कम उम्मेदवारी परेको छ । त्यहाँबाट जम्मा चार जनामात्रै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने मनाङमा पाँच जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सोमबार साँझ ५ बजेसम्म देशभर २ हजार ६५५ जनाको उम्मेदवारी दर्ता भइसकेको छ । तीमध्ये ३०३ जना महिला र २ हजार ३५२ जना पुरुष उम्मेदवार रहेका छन् ।