नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।
आइतबार उनीसहित सर्लाहीका दर्जनौँ नेता कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले खादा माला लगाएर पार्टीमा स्वागत गरे ।
यादवसँगै सर्लाही क्षेत्र नम्बर ३ चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।