सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको हो ।चाँदीको मूल्य भने सामान्य घटेको छ । शुक्रबार तोलामा ५ हजार ६४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ हजार ६२५ रुपैयाँ कायम भएको हो ।