जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिराहा-४ बाट चुनाव लड्न पाए टिकट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिराहा-४ बाट चुनाव लड्न पाए टिकट अशोक राई नेतृत्वको जसपाका नेता डाक्टर वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न टिकट पाएका छन् ।

जसपाबाट रेनु यादवलगायत जसपा नेपालमा आए पनि वीरेन्द्र महतो तटस्थ रहेका थिए । क्षेत्र नम्बर ४ मा जसपा नेपालबाट राजकिशोर यादवले दाबी गरेका छन्। त्यहाँ टिकट नपाउने देखिएपछि महतो जसपा नेपाल प्रवेश गर्नबाट पछि हटेका थिए ।

गत चुनावमा महतो जसपा नेपालबाट सोही क्षेत्रबाट चुनाव जितेका थिए भने जनमत दोस्रो भएको थियो।