प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । तीन घण्टा लामो यो वार्ता बिहान ११ बजेदेखि सुरु भएको थियो ।
बालुवाटार स्रोतका अनुसार मुख्य रूपमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल भएको थियो ।
वार्ताको क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्ने अडानमा रहेको र त्यसका लागि पूर्ण रूपमा तयार रहेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका थिए ।
निर्वाचनको मिति नजिकिँदै गर्दा सरकार र एमालेबीचको यो उच्चस्तरीय छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।