प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा तीन घण्टा वार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । तीन घण्टा लामो यो वार्ता बिहान ११ बजेदेखि सुरु भएको थियो । बालुवाटार स्रोतका अनुसार मुख्य रूपमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल भएको थियो । वार्ताको क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्ने […]

अमेरिकी हमलामा भेनेजुएलामा सय जनाको मृत्यु

अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको आक्रमणमा एक सय जनाको मृत्यु भएको खुलेको छ । अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्क्री डियोसदादो क्याबेलोले अमेरिकी आत्रमणबाट सय जनाको मृत्यु भएको बताएका हुन् । शुरुमा ४० जनाको ज्यान गएको भनिएकोमा गृहमन्त्री क्याबेलोले सय जनाको मृत्यु भएको विवरण दिएका हुन् । मारिनेहरु अधिकांश राष्ट्रपति मदुरोको सुरक्षामा खटिएका सैनिक र […]

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका-८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन्। प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उनकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको […]