समस्याग्रस्त सहकारी समिति सदस्य काफ्लेको राजीनामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् ।

सहकारी ठगलाई नै समितिको कार्यालयले जोगाउने भूमिका खेलेको भन्दै सहकारी पीडित आन्दोलित भएपछि सरकारले सबै पदाधिकारीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सोधेको स्पष्टीकरणमा जवाफ दिएका काफ्लेले करिब एक महिनापछि राजीनामा दिएका हुन् । उनको राजीनामा सरकारले स्वीकृत पनि गरिसकेको

नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबारको बैठकले काफ्लेको राजीनामा स्वीकृत गरेको हो । साथै उक्त रिक्त पदमा कुलप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्रालयले सोधेको स्पष्टीकरणमा अन्य पदाधिकारीले भने जवाफ बुझाएका छन् । उनीहरुले सरकारको निर्णय पर्खेर बसेका छन् ।

मन्त्रालयले पनि पदाधिकारीहरूले दिएको जवाफलाई अध्ययन गरेको जनाएको छ । मन्त्रालयले स्पष्टीकरण सोधदेखि कार्यालयका काम ठप्प छ । मन्त्रालयले पदाधिकारीलाई स्पष्टीकरण सोधको एक महिना बितिसकेको छ ।