शङ्कास्पद अवस्थामा महिलाको शव फेला

नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एकजना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । मध्यविन्दु –११ बाहुन्नेकुनास्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमुनि कुसुन्डे सिँचाइको नहरमा बुधवार महिलाको शव फेला परेको हो । शरीरमा चोटपटक देखिएको अवस्थामा मध्यविन्दु –१० निवासी ३५ वर्षीया रिता मुसहरको शव फेला परेको हो । शवको शरीरमा चोटपटक देखिएको हुनाले हत्या भएको आशङ्का जिल्ला […]

चार महिने छोराको हत्या आरोपमा असई पुष्कर कार्की पुर्पक्षका लागि कारागार चलान

चार महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका असई पुष्कर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कार्कीलाई सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको हो । प्रहरीका अनुसार सिनामंगलस्थित आफ्नै डेरा कोठामा चार महिने छोराको घाँटी थिची तथा धारिलो हतियार प्रहार गरी हत्या गरेर […]

हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पार्नुभएको छ । बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको बताउनुभयो । उहाँले सभापति बन्ने चाहना राख्ने डा. […]

उदयपुर– २ मा एमालेबाट डा.भेषराज थापासहित पाँचजना सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर २ मा एमालेबाट पाँचजनाको नाम सिफारिस गरिएको छ। एमाले उदयपुर कमिटीको गाईघाटमा बसेको बैठकले पूर्वाधारविज्ञ डा.भेषराज थापासहित नेता ज्ञानेन्द्र श्रेष्ठ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव देवराज राई, एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य अमर रायमाझी र कोशी प्रदेशका पूर्वउपसचिव शैलेश लामालाई सिफारिस गरेको हो।

खोला मापदण्ड विरोधः पीडितहरूको आन्दोलन जारी

उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरूको विरोध निरन्तर जारी छ । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय गर्न माग गर्दै बुधवार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । सरकारले २०६५ सालमा वागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर, नक्खुमा १२ मिटर तथा […]

गगन थापा लगायत विशेष महाधिवेशन पक्षधरले गरे बुद्धिजीवीसँग छलफल

 नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । छलफलमा विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि सहभागी छन् । काठमाडौंको नक्सालस्थित एक होटलमा अहिले छलफल चलिरहेको छ । यसैबीच विशेष महाधिवेशन पक्षधरले महाधिवेशन आह्वान गरेका छन् । विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा […]

समस्याग्रस्त सहकारी समिति सदस्य काफ्लेको राजीनामा

भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् । सहकारी ठगलाई नै समितिको कार्यालयले जोगाउने भूमिका खेलेको भन्दै सहकारी पीडित आन्दोलित भएपछि सरकारले सबै पदाधिकारीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सोधेको स्पष्टीकरणमा जवाफ दिएका काफ्लेले करिब एक महिनापछि राजीनामा दिएका हुन् । उनको राजीनामा सरकारले […]

जनकपुर पुगेर महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जितेका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय […]

कोशीमा गठबन्धनका पोर्तेल, मेचे र थापाले गराए उम्मेदवारी दर्ता

कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । गठबन्धन अन्तर्गत एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेस उम्मेदवार सुनील थापाले मनोनयन दर्ता गरेका छन् ।मेचेको प्रस्तावक शोभा चेम्जोङ  र समर्थक सृजना राई छन् । पोर्तेलको समर्थक […]

गठबन्धनका तिमिल्सिना र देवकोटाले गराए उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमाले गठबन्धनका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर बुधवार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसले तनहुँका प्राडा जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ भने एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ । तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् […]