नेकपा एमालेका सचिव महेश बस्नेतले विदेशी शक्तिहरू निर्वाचन सार्न लागिपरेकाे दाबी गरेका छन्। लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आएका जिकिर गर्दै बस्नेतले सम्भावित पराजयका कारण चुनाव सार्न खोजिएको बताए।
मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आए भने आफ्नो सम्भावित पराजयलाई ध्यान दिएर अझै केही समय एक्सटेन्ड गर्नुपर्छ भन्ने ढंगले पनि कतिपय शक्तिहरू लागेको देखिन्छ।’
आइएनजिओ र डोनर एजेन्सीहरूको यसमा मुख्य भूमिका रहेको बस्नेतले दाबी गरे। लुसिफरहरूबाट एमाले विचलित नहुने बताउँदै उनले अबको चुनावमा एमालेले मात्रै बहुमत ल्याउन सक्ने बताए।
‘हामीले एकखालको मोटामोटी सर्भे पार्टीको च्यानलहरूबाट गरिरहेका छौँ। आजको मितिमा बहुमतको हाराहारीमा ल्याउन सक्ने सबैभन्दा ठुलो दलचाहिँ नेकपा एमाले नै हो भन्ने ब्रिफिङ आइरहेको छ,’ उनले भने।