देश तीन महिनामा कायापलट हुँदैनः सञ्चारमन्त्री खरेल

अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खरेलले नेपालको राजनीतिक प्रणालीमा कुनैपनि मन्त्री वा प्रधानमन्त्रीले पूर्ण रुपमा पाँच वर्ष आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताउनुभयो । […]
गैरीगाउँको आगलागी नियन्त्रणमा कठिनाइ : चार दमकल पुगे, ललितपुरबाट पनि मगाइयाे

काठमाडौँको गैरीगाउँमा भीषण आगलागी भएपछि अहिले काठमाडौँ महानगरपालिकाका ४ दमकल पुगेका छन् । मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा भीषण आगलागी भएको होनगर प्रहरीका अनुसार अहिले ४ वटा दमकल पठाइएको छ भने ललितपुरको दमकल पनि मगाइएको छ । महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने,‘हाम्रो ४ दमकल पुगिसक्यो, ललितपुरबाट […]
सेन्सर बोर्डमा प्रमाणिकरण समितिको व्यवस्था गर्ने सरकारको तयारी

सरकारले चलचित्रसम्बन्धि सेन्सर बोर्डमा प्रमाणिकरण समितिको व्यवस्था गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो बोर्डमा रहेको जाँच समितिको सट्टामा प्रमाणिकरण समिति राख्न उपयुक्त हुने धारणा राखेका हुन् । मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्था समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा […]
कांग्रेस नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ । पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्याएकाले गर्दा चर्काचर्की भएको हाे । साेही क्रममा नेता निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो । यसैबीच विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले […]
लुसिफरहरूबाट विचलित छैनौँ, बहुमत ल्याउन सक्ने एमाले मात्रै हो : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले विदेशी शक्तिहरू निर्वाचन सार्न लागिपरेकाे दाबी गरेका छन्। लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आएका जिकिर गर्दै बस्नेतले सम्भावित पराजयका कारण चुनाव सार्न खोजिएको बताए। मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आए भने आफ्नो सम्भावित पराजयलाई ध्यान दिएर अझै केही समय […]
विशेष महाधिवेशन पक्षधरले गरे काँग्रेस केन्द्रीय कार्यालय घेराउ

नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ । विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको […]
वीरगन्जको कर्फ्यु साँझ ६ बजेसम्म लम्बियो

जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधिको दोश्रो पटक समय थपेर मङ्गलबार साँझ ६ सम्म पुर्याएको छ। दुई समूहबिच धार्मिक तथा सामाजिक तनाव बढेपछि सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले पहिलो पटक वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म त्यसपछि दिउँसो १ बजेसम्म र पछिल्लोपटक मङ्गलबार साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको […]
प्रतिनिधिसभा निर्वाचनमा होमियो एमाले, ओलीको नेतृत्वमा घोषणापत्र र बादलको नेतृत्वमा परिचालन समिति गठन

नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचनको तयारीमा होमिएको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको हो । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ‘घोषणापत्र मस्यौदा समिति’ गठन गरेको छ। निर्वाचनमा पार्टीले अघि सार्ने एजेन्डा र प्रतिबद्धता पत्र तयार पार्न गठित यो समितिमा पार्टीका शीर्ष नेताहरूलाई […]
एमालेकी एकल उम्मेदवार सिफारिस हुने एक मात्र महिला नेतृ मञ्जु चालिसे

देशैभरी नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भइरहँदा एकल नाम सिफारिसमा पर्नेमा मन्जु शर्मा चालिसे एक मात्र महिला बन्नुभएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ निर्वाचन क्षेत्रमा एकमात्र उम्मेदवार सिफारिसमा पर्दा मञ्जु बाहेक अरु सबै पुरुष नेता छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी मञ्जु शर्मा बागलुङ क्षेत्र नम्बर २ बाट एकल सिफारिसमा […]
सुनचाँदीको मूल्यमा आज पनि उकालाे यात्रा कायमै

नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले उकालाे यात्रा तय गरेकाे छ। सोमबार प्रतितोला ४ हजार ६ सय रूपैयाँ र मंगलबार ३ हजार १ सय रूपैयाँ गरी २ दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ७ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको जनाएकाे […]