प्रतिनिधिसभा निर्वाचनमा होमियो एमाले, ओलीको नेतृत्वमा घोषणापत्र र बादलको नेतृत्वमा परिचालन समिति गठन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचनको तयारीमा होमिएको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ‘घोषणापत्र मस्यौदा समिति’ गठन गरेको छ। निर्वाचनमा पार्टीले अघि सार्ने एजेन्डा र प्रतिबद्धता पत्र तयार पार्न गठित यो समितिमा पार्टीका शीर्ष नेताहरूलाई समेटिएको छ।

समितिका सदस्यहरूमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।यसैगरी बैठकले निर्वाचन ‘निर्वाचन परिचालन कमिटी’ पनि गठन गरेको छ। उक्त कमिटीको संयोजकको जिम्मेवारी पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ।
परिचालन कमिटीको सचिवमा विष्णु रिमाल रहेका छन् भने सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही, भीष्म अधिकारी नेताहरू सदस्य रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।