एमाले सचिवालय बैठक सुरु, के छन् एजेण्डा?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। बैठकले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोली हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने सचिव पद्मा अर्यालले जानकारी दिइन्।

आजको बैठकमा नेताहरूको कार्य विभाजन पनि प्रमुख एजेण्डाको रूपमा रहेको छ। एक पदाधिकारीले देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्य विभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ।

सोही अनुसार मुख्य मुख्य विभागका प्रमुख,प्रदेशका इन्चार्जहरूलाई संयोजक र जिल्ला इन्चार्जहरूलाई पनि संयोजकको भूमिका दिने तयारी छ। आजको बैठकले २६ गते बस्न लागेको केन्द्रीय कमिटीमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित केही रणनीति पनि तय गर्ने एक नेताले जानकारी दिए।