राम्रो काम गरेकाले हाम्रो सरकार ढालियो : प्रचण्ड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले राम्रो काम गरेको सहन नसकेर कांग्रेस र एमालेले सत्तागठबन्धन बनाएको आरोप लगाएका छन् ।

सोमबार नेपाली समाज भारतद्वारा नयाँदिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कारमा उनले भ्रष्टाचारविरुद्ध अभियान चलाएकै कारण आफ्नो सरकार ढलेको जिकिर गरे ।

दिल्ली बसाइमा भारतीयहरूसँग अनौपचारिक कुराकानी भएको पनि उनले बताए । प्रचण्डले वर्तमान सरकार गठनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सिफारिस गरेको र आफूहरूले सहमति निर्माण गरेको जिकिर गरे ।

तर, संसद् विघटनमा सहमति नभएको उनको भनाइ थियो । ‘संसद् विघटन गर्ने सहमति त्यसवेला भएको थिएन,’ उनले भने, ‘गत २६ भदौको राति राष्ट्रपति र प्रधानसेनापतिले शीतलनिवास बोलाउनुभयो । म र माधव नेपालले रातभरि मिहिनेत गरेर निकासका लागि सहजीकरण गर्‍यौँ । कामचलाउ प्रधानमन्त्री ओलीको सिफारिसमा सरकार बन्यो ।’ अहिले नयाँ राजनीतिक परिस्थिति निर्माण भएको उल्लेख गर्दै प्रचण्डले त्यसबारे भारतका आफ्ना मित्रहरूसँग छलफल भएको बताए ।