राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्नुअघि सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बैठक सुरु भएको हो ।
केन्द्रीय समिति बैठकको तयारी स्वरूप सचिवालय बैठक बसेको प्रवक्ता मनिष झाले जानकारी दिए । यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ ।
पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किए पश्चातको यो पहिलो सचिवालय बैठक हो ।