सन् २०२५ मा हवाइ मार्ग हुँदै साढे ११ लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन्। पर्यटन बोर्डका अनुसार गत वर्ष ११ लाख ५८ हजार ४५९ पर्यटक हवाइ मार्गबाट नेपाल आएका हुन्।
पछिल्लो समय वार्षिक १० लाखभन्दा बढी विदेशी पर्यटक आइरहेका बोर्डको तथ्यांक छ। सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए।
नेपाल आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन्। भारतबाट दुई लाख ९२ हजार ४३८ पर्यटक हवाइ मार्गबाट नेपाल आएका बोर्डको तथ्यांक छ। दोस्रो स्थानमा अमेरिकी नागरिक छन्। अमेरिकाबाट १ लाख १२ हजार ३१६ पर्यटक आएका छन्।
त्यस्तै चीनबाट ९५ हजार ४८०, बेलायतबाट ५८ हजार ६८४, बंगलादेशबाट ५७ हजार ५४५, अस्टे«लियाबाट ४९ हजार ३५७, श्रीलंकाबाट ३७ हजार ५५०, थाइल्याण्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक नेपाल आएका बोर्डले जनाएको छ।