सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० चन्द्रबहादुर खड्काका अनुसार अपरिचित व्यक्तिले चलाएको गोली लाग्दा साहको ज्यान गएको हो । घटनास्थलबाट गोलीको खोका फेला परेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।