आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदैछ ।
१३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो । यो दिवसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ ।
दिवसको अवसरमा युवाहरुसँग सम्बन्धित विभिन्न संस्थाले आज विविध कार्यक्रम आयोजना गदैछन् । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् ।
नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विक्रम संवत २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।