कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा को-को छन् ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसले पाँचथरका भीष्मराज आङ्देम्बेलाई पहिलो नम्बरमा राख्दै प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाएको छ ।

निर्वाचन आयोगमा बुझाईएको बन्दसूचीमा कांग्रेसले सबै ११० सिटमा आफ्नो नाम बुझाएको हो । यद्यपि उसले यो सूचीलाई प्रारम्भिक भनेको छ । आयोगले तोकेको समयसीमाभित्र यसलाई सच्याउने तयारी कांग्रेसको छ । कांग्रेसले चुनाव नै नलड्ने बताउँदै आएका अर्जुननसिंह केसीलाई ५३ नम्बरमा राखेको छ ।