बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को मिडिया सेलले सबैभन्दा पहिले फेसबुकमार्फत उनको निधनको जानकारी दिएको हो। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे, फज्रको नमाज पढेको केही बेरपछि […]

प्रधानमन्त्रीलाई झुक्याएका सचिव पुस्करलाई श्रम मन्त्रालयबाट हटाइयो

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी विवादमा मुछिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करको सरुवा भएको छ । उनलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । सचिव पुस्करले प्रधानमन्त्री सुशीला कार्कीलाई झुक्याएर स्वास्थ्य परीक्षणको शुल्क वृद्धिसम्बन्धी निर्णयमा हस्ताक्षर गरेको आरोप लागेको छ । सोही प्रकरणमा उनलाई कारबाहीस्वरूप उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए । मेडिकल […]

निर्वाचन आउन ६५ दिन बाँकी: आयोगले तोक्यो खर्च सीमा

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु. २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र […]