प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
प्रमुख तीन दलका शिर्ष नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँगको सामुहिक छलफलमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएपछि प्रधानमन्त्री कार्कीले। त्यसका लागि उचित वातावरण बनाउने प्रतिवद्धता जनाउनुभएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
सञ्चारमन्त्री खरेलकाअनुसार काँग्रेस सभापति देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि एमाले अध्यक्ष ओलीलाई निर्वाचनमा लागि तयार हुन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री कार्की र प्रमुख दलका शिर्ष नेताहरुबीच निर्वाचनमा जाने समझदारी भएको पनि सञ्चारमन्त्री खरेलको दाबी थियो । उहाँले भन्नुभयो,नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सिधा भन्नुभएको छ । उहाँले फागुन २१ को चुनावको यताउता नगरौं ।
जसरी हुन्छ चुनाव गराऔ । विशेष परिस्थितिमा यो सरकारले काम गरिरहनुु परेकाले सरकारले गरेको कामको पनि उहाँले एकदमै प्रशंशा गर्नुभएको छ । उहाँले हामी चुनावका लागि तयार रहेको र एमाले र काँग्रेसलाई पनि तयार हुन भन्नुभयो । अव काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको प्राथमिकता अब पुनःस्थापना होइन, चुनाव नै हो । चुनावका लागि तयार हुन एमाले अध्यक्ष केपी ओलीलाई पनि भन्नुभयो । र प्रधानमन्त्रीले पनि सबै राजनीतिक दलहरुलाई चुनावमा भाग लिन र सहयोग गर्न आग्रह गर्र्नुभयो । र नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्यसपछि चुनावका लागि एमाले तयार छ । त्यसका लागि वातावरण बनाई दिनु पर्यो भन्नुभयो । र यी सबैको जवाफमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्युले उचित सम्पूर्ण सुरक्षाका वातावरणहरु बनाउँछ भन्ने प्रतिवद्धता भयो ।’
यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीसहित प्रमुख तीन दलका शिर्ष नेताहरु देउवा, ओली र दाहालसँग तोकिएकै मितिमा निर्वाचन गराउने विषयमा छलफल भएको थियो ।