सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्दै उनले सरकार राहत वितरण, शान्तिसुरक्षा व्यवस्थापन, सुशासन र निर्वाचन तयारीलगायतमा केन्द्रित रहेको बताएका छन् ।गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा व्यक्त भावना र तत्कालीन परिस्थितिमा सहिद परिवार र घाइतेको मलमपट्टि गर्दै […]

अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सानो घर, एउटा सवारी साधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच दिन सके युवाहरुलाई स्वदेशमै राख्न सकिने बताएका छन् ।  शनिबार राजधानीमा राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले न्युनतम महत्वमा एउटा सानो घर, एउटा सवारी साधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच […]

एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएकाे बताइएकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएकाे बताइएकाे छ ।

अर्घाखाँचीको बोक्सेमा हात हतियार तथा विष्फोटक पदार्थ फेला

 अर्घाखाँचीको शितगंगा नगरपालिकामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विष्फोटक पदार्थहरू फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीको कमान्डमा खटिएको गस्ती टोलीले विहान अन्दाजी १० बजे शितगंगा नगरपालिका वडामा नम्बर ११ बोक्सेमा विभिन्न किसिमका हतियार तथा विष्फोटक पदार्थहरू फेला पारेको हो । ग्रामिण गस्ति गर्ने क्रममा बोक्सेमा पुरानो कोही नबस्ने […]

कानुनी शासन स्थापित नगरी जेनजी का माग पूरा गर्न सकिँदैन : अर्थमन्त्री खनाल

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने समेत बताए । प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको उनकाे भनाइ छ । कुनैपनि दायित्व […]

ज्वागलमा बालेन र कुलमान पुनः निर्णायक वार्तामा ईमेजखबर 12:21 pm, Sat, 27 December 25

ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ । ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा जारी बालेन र कुलमानबीचको वार्ताले उनीहरू एउटै राजनीतिक मञ्चमा उभिने सम्भावनालाई बलियो बनाएको हो । स्रोतका अनुसार, देश विकासको एजेन्डामा बालेन र कुलमान एकै ठाउँमा उभिने विषयमा लगभग अन्तिम सहमति जुइसकेको छ । उनीहरूले नयाँ […]