Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सानो घर, एउटा सवारी साधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच दिन सके युवाहरुलाई स्वदेशमै राख्न सकिने बताएका छन् ।  शनिबार राजधानीमा राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले न्युनतम महत्वमा एउटा सानो घर, एउटा सवारी साधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच पर्याउनुपर्ने बताए । उनले त्यसका लागि केही ऋण दिने व्यवस्था सरकारले गर्न जरुरी रहेको समेत बताए । नेपालमा बस्नु भन्ने तर बस्नसक्ने वातावरण बनाउन नसक्ने कुराले युवाहरु स्वदेशमा रहन नसक्ने उल्लेख गरे । यो नै नेपालको सुरुवाती इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु बन्नुपर्ने बताए ।

आगामी सरकारले यसबारेमा काम गर्नुपर्ने समेत उनले बताए । उनले भने, ‘नेपाली युवाहरुको सपना भनेको एउटा सानो घर, साधारण गाडी ट्रान्सपरेसनको लागि । बच्चालाई पढाउने शिक्षा, स्वास्थ्य सही रुपले दिनसक्यो भने त्यत्तिको लागि सरकारले बेसिक निडको रुपमा लिएर त्यसको लागि ऋण दिने, फेसिलिटेड गरिदिने र हरेक युवाले त्यत्तिको सपना पूरा गर्नसक्ने वातावरण बनाउनसक्यो भने सबै युवाहरु नेपालमै बस्ने सम्भावना रहन्छ ।’उनले थप भने, ‘नेपालमा बस भन्ने तर यहाँको कुनैपनि जब क्रिएशन नहुने, त्यो अवसर, त्यो आशालाई पूरा गर्न नसक्ने अवस्थामा हामीले जतिसुकै भनेपनि सम्भावना रहँदैन । त्यसको लागि सरकारले आगामी दिनमा युवाहरुको सपना भनेको नेपालमा रहनको लागि एउटा घर हुनुपर्छ । एउटा साधारण भेइकल हुनुपर्छ । शिक्षा, स्वास्थ्य सहज रुपमा पाउने वातावरण हुनुपर्छ । र मात्रै युवाहरु नेपालमै बस्नेछन् । त्यो अहिलेको शुरुवाती नेपालको इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु हुनेछ । त्यसतर्फ आगामी सरकारले काम गर्नुपर्नेछ ।’मन्त्री घिसिङले छोटो समयको अहिलेको सरकार भएकाले धेरै आशा गर्न नहुने बताए । नेपालको द्रुततर विकासको लागि अहिलेको ऐन, कानूनका समस्या र प्रक्रियागत झन्झटलाई हटाउनुपर्ने उनले बताए । निर्माण व्यवसायको क्षमता वृद्धि नभएसम्म देशको द्रुततर विकास हुन नसक्ने घिसिङले  बताए । 

ताजा सूचना