काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विमानस्थलबाट सिधै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेट गर्न पुगेका छन्।
लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेका हुन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका छन्।
भेटका क्रममा लामिछानेले शहीद परिवारका पीडा, समस्या र अपेक्षाबारे जानकारी लिँदै न्याय, सम्मान र राज्यको जिम्मेवारीका विषयमा गम्भीर हुनुपर्ने बताए। उनले शहीद परिवारको हितका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उक्त भेटलाई जेन–जी आन्दोलनप्रति एकजुटताका रूपमा हेरिएको छ।