भदौ २३-२४ को जेन-जी प्रदर्शनका क्रममा प्रदर्शनकारीका तर्फबाट घाइते भएका नेपाल प्रहरीका कर्मचारीले कार्यरत रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट भैपरी खर्च पाउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले आन्तरिक परिपत्रबाट उक्त व्यवस्थाबारे जानकारी गराएको हो । प्रधान कार्यालय, प्रशासन शाखाद्वारा मंसिर ७ को मिति र चलानी नम्बर ९४५ को पत्रद्वारा उक्त जानकारी गराइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज २६ गते नै प्रहरीसँग घाइते कर्मचारीको विवरण माग गरेको थियो ।
प्रहरी प्रधान कार्यालयद्वारा प्रेषित विवरण अनुसारका कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय मार्फत भैपरी खर्चवापतको रकम उपलब्ध गराईने भएको व्यहोरा आन्तरिक परिपत्र मार्फत जानकारी गराएको छ ।