एमाले नेताहरूले प्रधानमन्त्रीसमक्ष ओली स्थानहद प्रकरणबारे स्पष्टीकरण मागे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जेन–जी आन्दोलनपछि उत्पन्न अस्थिर राजनीतिक वातावरणका बीच प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक नेकपा एमाले शीर्ष नेताहरूसँग प्रत्यक्ष वार्ता गरेकी छिन्।

बालुवाटारमा आयोजित भेटका लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली तथा पूर्वप्रमुख सचेतक महेश बर्तौला उपस्थित भएका थिए।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले राजनीतिक धरातल हल्लिएको अवस्थामा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सेनाको हेलिकप्टरमार्फत बालुवाटार त्याग्न बाध्य भएका थिए। त्यसपछि भदौ २७ गते अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते अनिवार्य रूपमा निर्वाचन गराउने घोषणा गरेकी थिइन्।

विश्वासको वातावरण निर्माण गर्नुपर्ने उद्धेश्यले उनले विघटित संसद्को प्रमुख दलमध्ये एक एमालेसँग प्रत्यक्ष संवाद अघि बढाएकी हुन्।

बैठकपछि एमाले प्रमुख सचेतक बर्तौलाले एमाले तथा त्यसका नेताहरूविरुद्ध सञ्चारमाध्यममार्फत चलिरहेका ‘मिडिया ट्रायल’ को विषयबारे प्रधानमन्त्रीलाई अवगत गराइएको जानकारी दिए। साथै, अध्यक्ष ओलीलाई स्थानहद गरिएको विषयमा पनि एमाले नेताहरूले प्रधानमन्त्रीसँग गम्भीर जिज्ञासा राखेका थिए।