नेपाली कम्युनिष्ट पार्टिले मंसीर १४ गते पोखरामा सन्देश सभा गर्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका १२ वटा राजनितीक दल एकिकरण भएर वनेको नेपाली कम्युनिष्ट पार्टिले यही मंसीर १४ गते आईतवार पोखराको चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकमा गण्डकी प्रदेश स्तरिय पार्टि एकता सन्देश सभा आयोजना गर्ने भएको छ ।

एकता सन्देश सभालाई भव्य रुपमा सम्पन्न गर्न तयारी तिव्र पारिएको नेपाली कम्युनिष्ट पार्टिका नेता श्रीनाथ वरालले जानकारी दिए । सन्देश सभालाई भव्य रुपमा सम्पन्न गर्न जन परिचालन,,स्वयम्सेवक, प्रचार प्रसार, आर्थिक, मञ्च व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक लगायतका विभिन्न उप समितिहरु गठन गरि पार्टि पंतीलाई परिचालन गरिएको छ ।

केन्द्रिय नेताहरु दिननाथ शर्मा, श्रीनाथ वराल, राजकाजी गुरुङ, धनराज आचार्य, तुल वहादुर गुरुङ, नेत्र नाथ अधिकारी, रामजी वराल, प्रदेश अध्यक्षहरु गायत्री गुरुङ, कृष्ण नेपाली लगायतको उपस्थितीमा उप समितिका वैठकहरु दैनिक रुपमा वसिरहेका छन् । त्यसै गरि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा तयारी वैठकहरु भईरहेको वरालले वताए ।

सन्देश सभा पोखराको चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकमा विहान ११ वजे सुरु हुने र उक्त सभालाई नेपाली कम्युनिष्ट पार्टिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेताहरु भिम रावल, नारायण काजी श्रेष्ठ लगायत गण्डकी प्रदेशको संयोजन गरिरहेका नेताहरु दिननाथ शर्मा, श्रीनाथ वराल, बिश्वनाथ शर्मा लगायतले संवोधन गर्ने वताईएको छ । सन्देश सभामा २५ हजार भन्दा वढि जनसमूदायको उपस्थिति रहने वताईएको छ ।

गण्डकी प्रदेशमा पार्टिको तर्फवाट संयोजन गर्न नेकपा माओवादी केन्द्रको तर्फवाट सचिव एवं गण्डकी प्रदेशका ईञ्चार्ज दिननाथ शर्मा, नेकपा एकिकृत समाजवादीको तर्फवाट सचिव एवं प्रदेश इञ्चार्ज श्रीनाथ वराल र नेपाल समाजवादी पार्टिको तर्फवाट बिश्वनाथ शर्मालाई जिम्वेवारी प्रदान गरिएको समेत नेता वरालले जानकारी दिए ।