नेपाली कम्युनिष्ट पार्टिले मंसीर १४ गते पोखरामा सन्देश सभा गर्ने

नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका १२ वटा राजनितीक दल एकिकरण भएर वनेको नेपाली कम्युनिष्ट पार्टिले यही मंसीर १४ गते आईतवार पोखराको चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकमा गण्डकी प्रदेश स्तरिय पार्टि एकता सन्देश सभा आयोजना गर्ने भएको छ । एकता सन्देश सभालाई भव्य रुपमा सम्पन्न गर्न तयारी तिव्र पारिएको नेपाली कम्युनिष्ट पार्टिका नेता श्रीनाथ वरालले […]
पोखरामा पनि त्रिभुवन विश्वविद्यालय को पठनपाठन सुरु हुने

पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठनपाठन सुरु हुने भएको छ । बुधबार सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको बताए । […]
सर्वोच्च जलाएको आरोपमा पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ

सर्वोच्च अदालत जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेललाई बुधबार प्रहरीले पक्राउ गरेकाे हाे। पूर्वनेकपामाओवादी केन्द्रका नेता समेत रहेका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो। अदालत जलाएको फुटेजका आधारमा उनको संलग्नता पत्ता लागेको थियो। यसअघि सर्वोच्चमा आगजनी तथा तोड्फोड गर्ने २ जना […]
दल दर्ताका लागि आज अन्तिम दिन, ८० वटा भैसके

फागुन २१ मा हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। सरकारले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सबै काम अघि बढाएको छ। अहिलेसम्म निर्वाचन आयोगमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित ८० वटा दल दर्ता भइसकेका छन्। दल दर्ताका लागि आज अन्तिम दिन तोकिएको छ। आजको दिन सकिएपछि दर्ता संख्या अझै बढ्ने अनुमान गरिएको छ।
एनपिएलः विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज विराटनगर किंग्स र चितवन राइनोजबीच दिउसो ४ बजेदेखि खेल हुने तालिका रहेको छ । जारी प्रतियोगितामा विराटनगरले लगातार तीन खेल जितेर अपराजित रहेको छ । त्यस्तै चितवन राइनोजले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा […]