तामाङ समाज पोर्चुगलको ८ औं अधिवेशन सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोर्चुगल — तामाङ समाज पोर्चुगलको ८ औं अधिवेशन पोर्चुगलको राजधानी लिस्बनमा आइतबार सम्पन्न भएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगर थिए भने कार्यक्रममा पोर्चुगलस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

उद्घाटन कार्यक्रम समाजका अध्यक्ष गोपाल योन्जनको सभापतित्व र संचालन महासचिव कुमारसिंह बल तामाङले गरेका थिए । अधिवेशनले सर्वसम्मत रूपमा निम्न बमोजिम रहने गरी नयाँ कार्यसमिति निर्वाचित गरेको छ  अध्यक्षमा कुमार सिं वल, उपाध्यक्षमा दिलकुमारी घिसिङ, जुन तामाङ, शुक्रम योन्जन, अनुप ब्लोन, महासचिवमा मीनकुमार योन्जन, सचिवमा मरिचमान तामाङ, कोषाध्यक्षमा मिलन लामा, सहकोषाध्यक्षमा जीवन स्याङ्तान रहेका छन् ।

त्यस्तै सदस्यहरुमा उर्गेन लामा, सपना वोम्जन, प्रमिश तामाङ, छिरिङ्ग लामा, सविन तामाङ, लोप्साङ नुर्बु लामा, निर्मला लामा, सौरभराज स्याङ्तान, राजेन्द्र डिम्डुङ, उमेश ल्हो तामाङ, हर्क तामाङ, इन्द्रबहादुर लामा, धनलाल तामाड, सन्जय लामा, डोल्मा घिसिङ, दिलबहादुर  तामाङ, सुनिल कुमार वल, दिलकुमार वाइवा र पुजा मोक्तान रहेका छन् ।