गोरखाको तातोपानीबाट ३५ पर्यटकको उद्धार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी क्षेत्रमा पहिरोका कारण अलपत्र परेका ३५ पर्यटकको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।

गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए।

सोबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरुघाटबाट  खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाएको छ।