निगममा पहुँचका आधारमा भर्ती गरिएका करार कर्मचारी हटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन्। पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबार बोलाएर यस्तो निर्देशन दिएकी हुन्। ‘जेन-जीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको […]
गोरखाको तातोपानीबाट ३५ पर्यटकको उद्धार

गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी क्षेत्रमा पहिरोका कारण अलपत्र परेका ३५ पर्यटकको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए। सोबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी […]
बालुवाटारमा प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको छलफल जारी

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई छलफलका लागि बोलाएकी थिइन् । प्रधानमन्त्रीको सचिवालयले केहीबेरबाट छलफल सुरु भएको जनाएको छ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको सचिवालयले बताएको छ । […]
एकीकृत समाजवादी नेतृ रामकुमारीसहितका नेता पुरानाे घर एमालेमा फर्किने तयारीमा

नेकपा माओवादी केन्द्रसित पार्टी एकताको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरू पनि विभाजित भएका छन् । पार्टी पुनर्गठन गर्ने पक्षमा रहेका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले गौशालामा बैठक गरेकाे एक नेताले बताए । तर, नेतृ रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, डा. वंशीधर मिश्रसहित होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना र अर्जुन राईहरुले […]
प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान भन्दा बाहिर गएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएकाले नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका छन् । खतिवडाले रिटमा पूर्वप्रधानन्यायाधीश भएको व्यक्ति अहिलेको संविधानले प्रधानमन्त्री बन्न नमिल्ने उल्लेख गरेका छन् […]
प्रधानमन्त्रीले आह्वान गरेको सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आज बस्दै छ। आज (आइतबार) दिउँसो ४ः०० बजे बालुवाटारमा बस्ने गरी सातै प्रदेशका मुख्यमन्त्रीलाई जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। बैठकमा […]
आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ । शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।