जेन–जी आन्दोलनमा प्रहरीको पेस्तोल लुट्ने र खरिदबिक्रि गर्ने पाँच जना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भुले पेस्तोल लुट्ने दुई जना त्यसको खरिद बिक्रि गर्ने तीन जनालाई पक्राउ गरेको हो ।
आन्दोलनमा स्वयम्भु वृत्तबाट पेस्तोल लुट्ने धादिङ धुनिबेशी घर भएका २१ वर्षिय कृष्ण गुरुङ र काठमाडौं–१५ का राजन देउला छन्।
उनीहरुले ६० हजारमा सो पेस्तोल भगवानपाउँ बस्ने सुमन शाक्यलाई बिक्रि गरेका थिए। शाक्यले पनि प्रभात मल्ललाई बिक्रि गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। भारतीय नागरिक अकबर खानको सहयोगमा सो पेस्तोल शाक्यले र बानेश्वरका प्रभात मल्ललाई बिक्रि गरेका थिए । मल्लको साथबाट पेस्तोल बरामद भएको हो । १५ वटा गोलीसहितको पेस्तोल बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए। ‘पेस्तोल विभिन्न तहमा बिक्रि भएको देखिन्छ,’ एसपी भट्टराईले भने‘अनुसन्धान भइरहेको छ।’