बञ्चरेडाँडामा स्थानीयको अवरोध, महानगरले भन्यो-‘फोहर घरमै राख्नुस्’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तवरले राख्न आग्रह गरेको हो ।

महानगले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहरमैला घरर कम्पाउण्डमा सुरक्षित तवरले राख्न वातावरण व्यवस्थापन विभागले भनेको छ ।

फोहोर जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्न समेत अनुरोध गरेको छ । बञ्चरेडाँडाका स्थानीयहरूले विभिन्न माग राख्दै फोहोर बोकेको गाडी बीच बाटोमै रोकेका छन् ।

जसको कारण उपत्यकामा फोहोरको समस्या फेरि बल्झिएको छ । मन्त्री र मेयर बालेन साहले आएर स्थानीयसँग वार्ता गर्नुपर्ने माग राखेका छन् ।