व्यवसायी दुर्गा प्रसाईले योजनाबद्ध रुपमा अराजकता मच्चाउन खोजेको सरकारले निचोड निकालेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा चारै सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
प्रसाई आन्दोलनको तयारीमा छन्। उनले वर्तमान सरकारलाई कमजोर बनाउने र निर्वाचनको माहोला बिगार्ने योजनासहित आन्दोलन गर्न लागेकाले त्यसमा कठोर हुनुपर्नेमा सुरक्षा निकायका प्रमुखहरुले बताएका छन्। सुरुमा प्रसाईसँग छलफल गर्ने, उनका जायज माग पूरा गर्ने तर पनि आन्दोलनमा आएमा कठोर नीति लिने रणनीति तय गरिएको स्रोत बताउँछ। प्रधानमन्त्री सुशीला कार्कीले पनि प्रसाईले अराजकता मच्चाउने खोजेको भन्दै संवादमा नआएमा कठोर नीति लिन निर्देशन दिएकी छिन्।
सोही बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाईलाई फोन गरेर छलफलमा बोलाएका छन्। प्रसाई भने छठपछि आन्दोलन गर्ने बताउँदै आएका छन्। उनले वर्तमान सरकार तथा जेनजीका अगुवाहरुको तिखो आलोचना गर्दै आएका छन्।
त १५ चैतको आन्दोलनलाई पनि उनले हिंसात्मक बनाएका थिए। सो घटनामा उनीविरुद्धको मुद्दा अदालतमा विचाराधिन छ।