मलेसियामा ट्रम्पको भव्य स्वागत, स्थानीय कलाकारसँगै नृत्यमा झुमे

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली भ्रमणको पहिलो चरणमा मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन्। सो अवसरमा उनले स्थानीय कलाकारहरूसँग गरेको नृत्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अमेरिकाबाट २३ घण्टाको उडानपछि ताजा देखिएका ७९ वर्षीय ट्रम्पले आइतबार बिहान स्थानीय समयअनुसार एयरफोर्स वनबाट बाहिर निस्कँदा विमानस्थलको रातो कार्पेट नजिकै कम्मर मर्काए, ड्रमको तालमा आफ्नो नृत्य देखाए। रंगिन […]
गुल्मीमा ट्याक्टर दुर्घटनामा मृत्यु

मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। गए राति मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आइरहेको रा१त ३५०२ नम्बरको ट्याक्टर उकालोमा लोड तान्न नसकी ब्याक […]
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि

नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि गराउने तयारी गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो । यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो । स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ । उनीहरुको […]
काँकडभिट्टाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१-०८२ को सोही […]
दुर्गा प्रसाईले योजनाबद्ध रुपमा अराजकता मच्चाउन खोजेको सरकारको आकलन

व्यवसायी दुर्गा प्रसाईले योजनाबद्ध रुपमा अराजकता मच्चाउन खोजेको सरकारले निचोड निकालेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा चारै सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो निष्कर्ष निकालेको हो। प्रसाई आन्दोलनको तयारीमा छन्। उनले वर्तमान सरकारलाई कमजोर बनाउने र निर्वाचनको माहोला बिगार्ने योजनासहित आन्दोलन गर्न लागेकाले त्यसमा कठोर हुनुपर्नेमा सुरक्षा निकायका प्रमुखहरुले बताएका छन्। सुरुमा प्रसाईसँग छलफल गर्ने, उनका […]