मतदाता नामावलीमा सूचीकृत हुने अभियानमा क्रियाशील हुन कांग्रेसको परिपत्र

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरण गर्ने कार्यमा ध्यानकेन्द्रित गर्न मातहतका पार्टी संरचनालाई परिपत्र गरेका छन्।

निर्वाचन आयोगले ३० कात्तिकसम्मका लागि नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि तोकेको छ। दुई महामन्त्री थापा र शर्माले छठलगत्तै नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न प्रदेशदेखि वडा तहसम्मका संरचनालाई परिपत्र गरेका हुन्।

छठलगत्तै सबै तहले बैठक गरेर ध्यान मतदाता दर्ता अभियानमा केन्द्रित गर्न भनिएको छ । जिल्ला समितिको बैठक गरेर सबै क्षेत्रमा टिम परिचालन गर्नसमेत भनिएको छ ।

मतदाता सूचीमा नाम दर्ता गर्ने कार्यमा परिचालन हुनका लागि उपल्लो तहले तल्लो तहसँग समन्वय गर्न भनिएको छ।

उमेर पुगेका युवाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न जानका लागि प्रेरित गर्न परिपत्रमा उल्लेख गरिएको छ।

नामावली सूचीकृत गर्नका लागि युवा उमेर समूहसँग छलफल गर्न र युवा उमेर समूहबाट खटाउने गरी दर्तामा सहजीकरण गर्न ‘मतदाता दर्ता समूह’ गठन गर्न सुझाव दिइएको छ ।