दिल्लीको पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी

भारतले बिहीबार राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने रहेको बताइएको छ । क्लाउड सिडिङ भन्नाले वर्षा उत्प्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया हो । […]
काभा भलिबलमा नेपालको जित

बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ । बङ्गलादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै तीन खेलमा नेपालले चार अङ्क बटुलेको छ । नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट […]
नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन बालिकाको मृत्यु

कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीन बालिकाको ज्यान गएको छ। रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याहा दिदीबहिनी निशा बजगाई र […]
माइतीघरमा जेन-जीको खबरदारी : सरकारले विभाजन गरेको आरोप

‘जेन-जी’ युवाहरूले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन्। ‘जेन-जी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरूले देशभरको जेन-जीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए। उनीहरूले सरकार जेन-जी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेन-जी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै […]
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न कात्तिक १२ गते बैठक बोलाइएको हो । वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल गरिने समेत बताइएको छ […]
मतदाता नामावलीमा सूचीकृत हुने अभियानमा क्रियाशील हुन कांग्रेसको परिपत्र

नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरण गर्ने कार्यमा ध्यानकेन्द्रित गर्न मातहतका पार्टी संरचनालाई परिपत्र गरेका छन्। निर्वाचन आयोगले ३० कात्तिकसम्मका लागि नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि तोकेको छ। दुई महामन्त्री थापा र शर्माले छठलगत्तै नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न प्रदेशदेखि वडा तहसम्मका संरचनालाई परिपत्र गरेका हुन्। छठलगत्तै सबै […]
असोज मसान्तसम्म दर्ता भएका १२४ दलको सूची सार्वजनिक

निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिह्नसमेत समावेश गरिएको छ ।
सडक भासिएपछि अस्तव्यस्त बन्यो पृथ्वी राजमार्ग

पृथ्वी राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढेको छ । मुग्लिन-आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक भासिएर आवागमन एकतर्फी भएको हुनाले सवारीसाधन साधनहरूको चाप अत्यधिक भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । उक्त सडकमा सवारी चापका कारण मुग्लिन नारायणगढ सडक खण्डमा समेत जाम भएको छ । सवारी चापका कारण कुरिनटारसम्म पनि सडक जाम भएको छ । […]
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा १० यात्रुको मृत्यु

भारतमा हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रु बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भएको दुर्घटनामा बसमा आगो लागेको थियो र पूर्ण रूपमा क्षति भएको थियो। दुर्घटना हुँदा बसमा लगभग ४२ जना यात्रु थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको […]
मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र […]