ललितपुरमा पेस्तोल र चार लाख ७८ हजार नगदसहित एक युवक पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

ललितपुरको धापाखेलबाट पेस्तोल र स्रोत नखुलेको चार लाख ७८ हजार नगदसहित एक युवक पक्राउ परेका छन्। खोटाङको साकेला गाउँपालिका- १ स्थायी घर भएका २३ वर्षीय शिवकुमार विकलाई ललितपुर प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।

दिदीको घरमा बस्दै आएका उनले मदिरा सेवन गरेर होहल्ला गरेको सूचना पाएपछि असइ तेजप्रसाद भट्टराई नेतृत्वको टोली पुगेको थियो। उनको साथबाट गोली नभएको पेस्तोल र नगद भेटिएको प्रहरीले जनाएको छ। उनी विगत एक महिनादेखि दिदी तारा विकको टहरोमा बस्दै आएका थिए। सातदोबाटो वृत्तले उनीमाथि अनुसन्धान अघि बढाएको छ।