इस्लामाबादका प्रहरी सुपरिटेन्डेन्ट आदिल अकबरको उनको कारमा गोली लागेर मृत्यु भएको छ। इस्लामाबाद प्रहरीका प्रवक्ताले उक्त कुराको पुष्टि गरेका हुन्।
प्रवक्ताले एसपी आदिल अकबर कन्स्टिट्युसन एभिन्यूबाट आफ्नो कार्यालय जाँदै गर्दा कारमा गोली लागेर मृत्यु भएको बताए।
यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।
इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजी) अली नासिर रिजवीले घटना साँझ ४:३० बजे कन्स्टिट्यूशन एभिन्यूमा भएको बताए।
अली नासिर रिजवीका अनुसार फुटेजमा कुनै पनि घटना खुलाइएको छैन। यो घटना कार भित्र भएको हो।
आईजीका अनुसार एसपीसँग भएको मोबाइल फोन लक गरिएको छ भने यसको पनि फोरेन्सिक जाँच गरिनेछ।