बराह क्षेत्रमा जंगली हात्तीको आतंक, धानबालीमा ठुलो क्षति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सुनसरीको वराहक्षेत्र नगरपालिका-२ पुनर्वासमा भारतबाट आएका जंगली हात्तीको झुन्डले स्थानीय किसानको धानबालीमा ठुलो क्षति पुर्‍याएको छ। करिब ३० भन्दा बढी हात्तीको समूहले राति मानव बस्ती र खेतबारीमा पसेर बाली नष्ट गरेको स्थानीयले बताएका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार हात्तीको झुन्डले बराहक्षेत्रका जब्दी, पुनर्वास, रेल्वे र नडाहा क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ।

स्थानीय किसानहरूले धान पाक्ने बेला हात्तीको प्रवेशले आर्थिक नोक्सानी बढाएको गुनासो गरेका छन्। किसानहरूले खेतमा तयारी अवस्थामा रहेका धान बाली नष्ट गरेको बताएका छन्। स्थानीय युवराज श्रेष्ठले हात्तीको विध्वंस नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीय प्रहरी र डिभिजन वन कार्यालयको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाइएको छ।