बराह क्षेत्रमा जंगली हात्तीको आतंक, धानबालीमा ठुलो क्षति

सुनसरीको वराहक्षेत्र नगरपालिका-२ पुनर्वासमा भारतबाट आएका जंगली हात्तीको झुन्डले स्थानीय किसानको धानबालीमा ठुलो क्षति पुर्‍याएको छ। करिब ३० भन्दा बढी हात्तीको समूहले राति मानव बस्ती र खेतबारीमा पसेर बाली नष्ट गरेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार हात्तीको झुन्डले बराहक्षेत्रका जब्दी, पुनर्वास, रेल्वे र नडाहा क्षेत्रमा ठुलो क्षति पुर्‍याएको […]

दसैं मनाउन अमेरिकाबाट आएका छोरा–बुहारीमाथि बुबाले गरे खुकुरी प्रहार

काठमाडौंको थलीमा एक बुबाले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्। बुधबार बिहान अन्दाजी साढे ७ बजे कागेश्वरी नगरपालिका–५ थलीमा बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। ५३ वर्षीय विष्णु उप्रेतीले आफ्ना ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन्। रूबिस […]

युक्रेन: रुसी ड्रोन र मिसाइल आक्रमणमा ६ जनाको मृत्यु

युक्रेनी विभिन्न शहरहरूमा रुसी ड्रोन र मिसाइल आक्रमणमा दुई बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो घोषणा गरे। आक्रमणमा कम्तिमा २१ जना घाइते भएका छन्। जेलेन्स्कीले भने कि निरन्तर आक्रमणहरू ‘युद्ध रोक्नको लागि रूसमाथि पर्याप्त दबाब अझै लागू गरिएको छैन’ भन्ने प्रमाण हो। आक्रमण हुनुभन्दा केही घण्टा अघि अमेरिकी राष्ट्रपति […]

जनकपुरधाममा छठपर्वको तयारी सुरु

दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरी तथा ताललाई स्थानीयको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको हो । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराइमा छठको छुट्टै महत्त्व रहेको नीति आयोग मधेस प्रदेशका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झाले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व […]

बक्यौता महसुल नतिर्दा शिवम् सिमेन्टको विद्युत् लाइन काटियो

हेटौँडा उपमहानगरपालिका वडा नम्बर- १६, हटियामा रहेको शिवम् सिमेन्ट उद्योगको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ। प्राधिकरणले विगतमा लोडसेडिङ अवधिमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् प्रयोग गरेर प्रिमियम महसुल नतिरेका कारण उद्योगको लाइन काटिएको जनाएको छ। शिवम् सिमेन्ट उद्योगले ७७ करोड ८८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी राखेकाले लाइन काटिएको प्राधिकरण हेटौँडा वितरण केन्द्रका प्रमुख […]

तिहार सुरु भएसँगै साढे ४४ हजार व्यक्ति काठमाडौँबाट बाहिरिए

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु बाहिरिने क्रम बढेको ट्राफिक प्रहरी […]

३०३ राइफल गोली बरामद, फरार कैदी पक्राउ

जिल्ला प्रहरी परिसर भक्तपुरले बेवारिसे अवस्थामा रहेको विभिन्न हतियारको गोली फेला पारेको छ। प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा ३०३ राइफलको पाँच राउण्ड गोली र एसएलआर गनको दुई राउण्डको गोली फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए। त्यसैगरी गत भदौ २४ गते भएको […]

महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २१ वर्षीय सोङ गुरूङलाई पक्राउ गरेको हो। सोङ काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका हुन्। भदौ २४ गते आन्दोलन क्रममा महाराजगन्ज वृत्तमा प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो। प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा […]

ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग

नेकपा एमालेले पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरेको छ। मंगलबार प्रधानमन्त्रीनिवास वालुवाटारमा भएको सर्वदलीय बैठकमा एमालेका नेताहरूले यस्तो माग गरेका हुन्। उक्त बैठकमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए। महासचिव पोखरेलले सर्वदलीय बैठकमा रहेका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। जसमा पार्टी […]

विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार दिउँसो पौने ४ बजेतिर थाइ लायन एयरबाट काठमाडौं आएका भारतीय नागरिकलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैंककबाट आएका भारतका नरपत सिंह सोलंकी छन्। भन्सार क्षेत्रमा जाँच पछि टनेल गेटबाट निस्किने क्रममा शंका लागेर उनलाई रोकेको थियो। उनको गतिविधि शंकास्पद भएपछि नियन्त्रणमा लिएर उनलाई […]