भदौ २४ गतेकाे जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका दुईजना फरार कैन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार कार्यालय दाङ र कास्की पोखरा कारागारबाट भागी फरार भएका दुई कैदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कारागार कार्यालय तुलसीपुर दाङबाट फरार बागचौर नगरपालिका- ८, गैरागाउँका २२ वर्षीय मिलन बस्नेत र कास्की पोखरा कारागारबाट फरार सल्यान कपुरकोट गाउँपालिका- ३, लामीडाँडाका ३६ वर्षीय रोम सिजाली मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब निरीक्षक डा. हरि केसीले जानकारी दिए । दुवैजनालाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उनको भनाइ छ ।