एनपीएलका लागि चितवन राइनोजले भित्र्यायो ३ विदेशी खेलाडी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ३ विदेशी खेलाडी भित्राएको छ । राइनोजले इंग्ल्यान्डका डाविड मलानसहित रवि बोपारा र सोहेल तनभिरलाई भित्राएको हो ।

रवि र सोहेलले पहिलो संस्करणको एनपिएल खेलेका थिए । उनीहरूलाई चितवनले रिटेन गरेको हो । मलानलाई नयाँ खेलाडीको रूपमा भित्राएको हो ।

३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ टी-२०आई खेल खेलेका छन् । उक्त खेलमा उनले १८९२ रन बनाएका छन् ।