बरिष्ठ अधिवक्ता घिमिरेले छाडे रास्वपा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कानुन विभागलगायतमा रहेर काम गरी आबद्धता देखाएका बरिष्ठ अधिवक्ता नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन्।

उनले महामन्त्रीलाई पत्र लेखी जिम्मेवारीसहित पार्टीबाट अलग भएको जानकारी गराएका थिए। उनले शुक्रबारदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन् ।

घिमिरेले कानुन, नीति, नियमावली र पार्टी विधान मस्यौदा कार्यदलमा रहेर योगदान दिएका थिए।

प्रवासी नेपाली र गैर आवासीय नेपालीसँग सम्बन्धित कानुनहरूको गहन अध्ययन गरी उनीहरूका समस्या समाधानका लागि कानुनी मस्यौदा तयार पारेर पार्टीलाई सहयोग गरेका थिए।