संसद विघटन गर्नेहरूले संसद पुनस्र्थापनका कुरा गर्नु हास्यास्पद : प्रचण्ड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले पटक-पटक संसद विघटन गर्नेहरूले संसद पुनस्र्थापनका कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रमका उनले नेकपा एमाले अध्यक्ष केपी शर्माप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारले तोकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको बताए । उनले वर्तमान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई आग्रह गरे । घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प रहेको उनको भनाई छ । यसलाई भड्काउने कोसिस नगर्न उनले चेतावनी समेत दिए ।

उनले वर्तमान सरकार एमाले अध्यक्ष केपी ओली कै सिफारिसमा बनेको पनि दोहोर्याए । आफ्नै सिफारिसमा बनेको सरकारलाई हाहाहुहुको सरकार नभन्न उनको सुझाव छ ।