रोनाल्डो बने विश्वकप छनोटमा सर्वाधिक गोलकर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो फिफा विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले युरोपियन छनोटमा हंगेरीविरद्ध दुई गोल गर्दै विश्वकप छनोटमा सर्वाधिक ४१ गोलको नयाँ कीर्तिमान राखेका हुन् । उनले ग्वाटेमालाका पूर्वखेलाडी कार्लोस रुइजको ४० गोलको कीर्तिमान तोडेका हुन् । रोनाल्डोले अहिलेसम्म ५० विश्वकप छनोट खेलमा सहभागी हुँदै रेकर्ड बनाएका हुन् ।

सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनाका लियोनल मेसी ३६ गोलका साथ तेस्रोमा छन् । रोनाल्डोले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा १४३ गोल संख्या पुर्‍याएका छन् । समग्रमा रोनाल्डोले करिअरमा ९४८ गोल संख्या पुर्‍याएका छन् । २२ वर्षको अन्तर्राष्ट्रिय करिअरमा रोनाल्डोले पोर्चुगललाई नेसन्स कप दुईपटक र एकपटक युरोकप दिलाएका छन् । सन् २००६ मा पोर्चुगल सेमिफाइनलमा पुगेको थियो । फ्रान्ससँग एकपक्षीय खेलमा पोर्चुगल पराजित भयो । त्यसपछि पोर्चुगल तेस्रो स्थानका लागि भएको प्ले–अफ खेलमा जर्मनीबाट परास्त भयो ।

अहिले पोर्चुगलले विश्वकपअन्तर्गत युरोपियन छनोटको समूह ‘एफ’मा ५ अंकको अग्रता लिएको छ । पोर्चुगलले विश्वकपमा स्थान पक्का गर्न एक बराबरी आवश्यकता छ ।